'जेन–जी’ आन्दोलनमा बस्दैआएको घर परेर डेरामा सिफ्ट भएको केही दिनपछि श्रीधनलाई लाग्यो; युरोप र जापानबाट फर्केका छोराबुहारीलाई आफ्नो पौरखको कथा सुनाउने ठिक समय यही हो ।एक दिन बैठक कोठामा सबै बसेको बेला श्रीधनले भन्यो– 'गाउँमा गरिबै परिवार हो– हाम्रो । खान पुग्ने; बेच्न नपुग्ने । धेरै दाजुभाइ ।… सोेझो औलाले घ्यु नआउने।'लौ, यहाँ सोझो औँलाको कुरा कसरी फुत्क्यो! हुर्केका छोराहरू छन्; विदेशमा पढेलेखेका बुहारीहरू छन्। आफ्नो विगत पनि राम्ररी सम्पादन नगरी बताउनु नहुने
Posted inSamachar
लघुकथा : पौरख

