तीन महिनामा सरकारको चालू खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा देखिएको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो। यसैगरी, समीक्षा अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी
Posted inSamachar
चालू खाता र भुक्तानी सन्तुलन दुवै २ खर्ब बढीले बचतमा

