मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ। 'उहाहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ। सोधपुछ भइरहेको छ,' उनले भने, 
Posted inSamachar
दुर्गा प्रसाईंलाई भेट्न हिरासत पुगेका ९ जना पनि पक्राउ

