गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स बुधबार काठमाडौं गोर्खाजविरुद्ध खेल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवात गर्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेपछि सुरु हुने खेलमा काठमाडौं भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको फराकिलो जित निकालेको काठमाडौँ लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानलाई थप बलियो बनाउन चाहन्छ। पहिलो खेलमा जित निकालेसँगै काठमाडौ अंक तालिकाको शीर्ष स्थानमा छ। 
Posted inSamachar
काठमाडौंसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

