नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथिको हमला सहिय नहुने बताउका छन्। बुधबार एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै त्यसको जवाफ दिनुुपर्ने उल्लेख गरे।‘बारामा होस् कि जहाँसुकै होस्-एमालेमाथि हमला हुुन्छ भने एमाले भाग्ने होइन,’ ओलीले भने, ‘फनक्क फर्केर झ्याप्प हान्छ। एमाले भागेर हिँड्छ भन्ने कसैले ठानेको छ भने त्यो नठाने हुन्छ।’उनले प्रश्न गरे, ‘एमाले यो देश छोडेर केही भाग्दैन। कहाँ जाने यो देश छोडेर?’
Posted inSamachar
ओलीले भने- एमालेमाथि हमला हुन्छ भने भाग्ने होइन, फनक्क फर्केर झ्याप्प हान्ने

