जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु भएको छ।नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। चिउरीबाट चिसापानीतर्फ गइरहेको भे.२ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय करण विकको मृत्यु भएको हो। दुर्घटनमा गम्भीर घाइते भएका उनको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रासस
Posted inSamachar
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

