सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पावर प्लेमा सुस्त सुरुवात गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको लुम्बिनीले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ३६ रन बनाएर खेलिरहेको छ। क्रिजमा रोहित पौडेल १६ र डार्सी सर्ट १९ रनमा अविजित छन्। ओपनर सन्दीप जोरा १ रनमा नै नन्दन यादवको बलमा विलियम बसिस्टोको हातबाट क्याच आउट भए।
Posted inSamachar
कर्णालीविरुद्ध पावर प्लेमा लुम्बिनीको सुस्त सुरुवात

