लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सका मार्क वाटले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा मार्कले २९ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले तीन चौका र पाँचर छक्का प्रहार गरे। मार्कको अर्धशतकसँगै कर्णाली बलियो स्थितिमा पुगेको छ। नौ ओभरमै एक विकेट गुमाएर सय रन बनाएको छ। यसअघि ब्याटिङ गरेको लुम्बिनीले आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।
Posted inSamachar
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको अर्धशतक

