नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ। राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट आज उक्त प्रेस गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो। आज यहाँ सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई उक्त प्रेस हस्तान्तरण गरे। करिब १२५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठमा अब उक्त प्रेस राखिने तय भएको छ। विसं २०३६ असोज १ गते संरक्षणका लागि प्रेसलाई सङ्ग्रहालयमा पठाउने निर्णय भएको जनाइएको छ। प्रेस हस
Posted inSamachar
४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’

