काठमाडौँ उपत्यकामा लगातार चिसो बढिरहेको छ।शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। आज (आइतबार) थप घटेको हो।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो।अब दिनप्रतिदिन चिसो बढ्दै जाने मौसमविद् अधिकारीले बताए।
Posted inSamachar
बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट पनि तल झर्यो

