नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ।यो तथ्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवि चटौतले राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबारको बैठकमा प्रस्तुत गरेका हुन्।सचिव चटौतका अनुसार मनसुन अवधिमा देशभित्र पर्याप्त विद्युत उत्पादन हुने भएकाले आयात अत्यन्त न्यून रह्यो। पहिलो त्रैमासिकमा नेपालले जम्मा २.८ गिगावाट मात्र विद्युत आयात गरेको छ।चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८६ मेगावाट विद्युत
Posted inSamachar
पहिलो त्रैमासमै १ हजार ८०५ गिगावाट-आवर विद्युत भारत निर्यात

