भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत सोमबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ। मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरू जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका छन्।महिलाहरूले माटो बोकेर नगर परिक्रमा समेत गरेका छन्। मटकोरको क्रममा गंगासागरको डीलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो।जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजा सहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गंगासागर पुगेका थिए।वैदिक मन्त्र उच्चारण गरी वि
Posted inSamachar
विवाहपञ्चमीः मटकोर सम्पन्न, गंगासागरको डीलमा भजनकीर्तन

