विराटनगर किंग्सविरुद्धको खेलमा प्रभावशाली रहेका चितवन राइनोजका बलर रञ्जित कुमारले पाँच विकेट लिँदा गुरु र आमाबुवालाई सम्झिएको बताए। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार रञ्जितले पाँच विकेट लिएपछि चितवनले सहज जित हासिल गरेको छ। खेलपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा रञ्जितले भने, ‘पाँच विकेट लिएपछि गुरु र आमाबुवालाई सम्झिएँ।’किफायति बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र २१ रन खर्चिए। एनपीएलको जारी सिजनमा एकै खेलमा पाँच विकेट लिने रञ्जित पहिलो खेलाडी हुन्।
Posted inSamachar
पाँच विकेट लिँदा गुरु र आमाबुवालाई सम्झिएँ : रञ्जित कुमार

