‘मिठो मानेर चिया खाइदिनुहोस् है! छोराको आत्मा खुसी हुन्छ। मंसिर १० गते। उसको जन्म दिन हो।’बुधबार बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मस राखिएका चिया र मालपुवा बाँड्दै थिए। सडकमा रहेका असहायहरूको खोजी गर्दै चिया खुवाउँदै थिए उनी। मंसिर १०, जेनजी आन्दोलनमा सहिद भएका रसिक खतिवडा खत्रीको जन्मदिन थियो।रसिक जीवित भएको भए जन्मदिनमा सधैँ आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, वसन्तपुर पुग्थे।
Posted inSamachar
त्यो दिन जेनजी आन्दोलनमा नगएका भए यतिबेला अस्ट्रेलियामा हुन्थे २२ वर्षे रसिक

