सुनसरीमा तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ।दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किएकाे हाे।दुर्घटनामा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्य
Posted inSamachar
रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का गम्भीर घाइते

