नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ। उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाएको हो। उडान सञ्चालन सुरक्षा नियमको बर्खिलाप गरेको भन्दै प्राधिकरणले कारबाही गरेको जनाएको छ। उनीहरुले कारबाही फुकुवा नभएसम्म विमान उडाउन पाउनेछैनन्।
ALSO READ १२ बजे १२ समाचार: काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेधदेखि सेनाको पत्रकार सम्मेलनसम्म

