सिधाकुरा अनलाइनलाई नक्कली अडिओ उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतले गत असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक, सम्पादकमेतलाई अदालतको अवहेलना कसुरमा दोषी ठहर गरेको थियो। सिधाकुराका प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन/तीन महिना कैद सजाय सुनाइएको र क्षमायाचना गरेमा ७ दिन मात्रै कैद हुने सजाय तोकिएको थियो। उनीहरू क्षमायाचना गरेर कैद मुक्त भएका थिए। 
Posted inSamachar
डार्क फाइल प्रकरणमा फरार राजकुमार तिमिल्सिना पक्राउ

