सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-२ र ४ जोड्ने दुधकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल सिखु खोलाबाट आएको गेग्रान बाढीले पुरिँदा नदीको बहाव अवरुद्ध भएको ३ दिन बितिसक्दा पनि सरोकारवाला निकायले चासो दिएका छैनन्। नदी थुनिएर करिब एक किलोमिटर दूरीसम्म पानी जमेको स्थानीयको भनाइ छ। कोसी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम-वादे जुबु सडकखण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीले क्षतिग्रस्त बनाएको हो। सिखु खोलाबाट बगाएको लेदो, ढुंगा र माटो
Posted inSamachar
दुधकोसीको जोखिमप्रति सरकारी संयन्त्रको बेवास्ता, नदी थुनिंदा वडाध्यक्ष चिन्तामा

