साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किंंग्स एरिनामा साँझ पौने ७ बजे सुरु भएको खेलमा नेपाल बंगलादेशसँग ० का विरुद्ध ४ गोलले स्तब्ध भयो।घरेलु टोलीका लागि फरवार्ड मोसमत सागोरिका नायक बनिन्। उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई उपाधि जिताइन्। खेलको ८औं मिनेटमै सागोरिकाले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल गरिन्।यसअघिको नेपालविरुद्धको खेलमा रातो कार्ड पाएर तीन खेल प्रतिबन्धमा परेकी सागोरिकाले पुनरागमनको खेलमै उत्कृष्ट
Posted inSamachar
साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामा सिमित

