दुधौली नगरपालिका-२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ। हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए। शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए। मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन्। सोमबार बिहान उक्त स्थानमा करिब २५-३० वर्षको पुरुषक
Posted inSamachar
मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

