उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

७ साउन, काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् । मङ्गलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।  उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित छन् । चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् । सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नेछन् । उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Read news on OnlineKhabar.com

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
उपसभामुख इन्दिरा राना चीन भ्रमणमा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वरको 'बलियो' आशा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *