रुकुमपश्चिमस्थित भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए। टपर नदीमा खसेपछि उनीहरुको अवस्था अज्ञात छ। बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोट
Posted inSamachar
भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, पहिचान खुल्न बाँकी

