निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्। प्रेमकथामा आधारित यस फिल्ममार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो। अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन
Posted inSamachar
मिलन चाम्सको फिल्म ‘सुम्निमा’ मा जोडिए अनुप विक्रम शाही

