खोटाङका एक युवकले काकाको हत्या गरेका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनका काका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।शनिबार साँझ भतिजको कुटपिटबाट गम्भीर घाइते भएका राईको आज बिहान मृत्यु भएको हो। राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेल लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले राजकारी दिए। घरायसी विवादमा उनले काकालाई कुटपिट गरेका प्रहरीले जनाएको छ
Posted inSamachar
३१ वर्षीय भजितले कुटपिट गर्दा ६९ वर्षीय काकाको मृत्यु

