नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रणालीगत कमजोरी र राज्य संयन्त्रमा बस्नेहरुले अधिकारको दुरुपयोग गर्दा बेरुजुको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका छन्।आइतबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सदुपयोग नहुनु नै बेरुजु भएको तर्क गरे।‘कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सही ढंगले सदुपयोग नहुनु नै बेरुजु हुनु हो,’ शर्माले भने, ‘त्यसको सही ढंगले कार्यान्वयन भएन समस्या त्यँही छ। कानुन
Posted inSamachar
संवैधानिक अधिकारको दुरुपयोग नै बेरुजुको जड हो : सांसद शर्मा

