नेपाल प्रहरीका २ हजार ३ सयभन्दा बढी प्रहरीले राजीनामा दिएका छन्। गएको आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ३ सय ६९ जना प्रहरी कर्मचारीहरूले राजीनामा दिएका हुन्। प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले सिनियर दर्जाका १९ जनाले राजीनामा दिएको बताए। यस्तै जुनियर अधिकृत ४ सय १ जना जागिर छाडेर जाँदा जवान र हवल्दार १ हजार ९ सय ४९ जनाले राजीनामा दिएका छन्। यस्तै अनिवार्य अवकाशमा ५२३ जना गएका छन्। गत आर्थिक वर्षमा २ हजार ७१७ जना प्रहरीमा भर्ना भएका छन्। जवान, सहायक निरीक्षक (असई) र प्रहरी निर
Posted inSamachar
एक वर्षमा २३ सय प्रहरीले छाडे जागिर, ३७ सय प्रहरीविरुद्ध उजुरी

