ठूलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ। जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार जलसतह उच्च हुँदै गएको हो।जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ। मंगलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, गाईवस्तु पालक र यात्रुहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो। नदीमा पानीको बहाव बढ्दै गएको छ, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कत
Posted inSamachar
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन जाजरकोट प्रशासनको आग्रह

