चर्चित कमेडियन मेक्सन गौडेल काममा फर्किएका छन्। स्वास्थ्यमा सुधार भएसँगै गौडेल ४ महिनापछि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा फर्किएका छन्। दर्शकले १९ औं एपिसोडदेखि गौडेलको प्रस्तुति हेर्न पाउने शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए। आगामी शनिबार हुने एपिसोडको सुटिङमा गौडेल जोडिने उनको भनाइ छ। ‘स्वास्थ्यमा सुधार भएसँगै उहाँ काममा फर्किसक्नु भएको छ। आगामी शनिबार छायांकन हुने एपिसोडमा उहाँ जोडिनुहुनेछ। दर्शकले उहाँलाई १९ वा २० औं एपिसोडबाट हेर्न पाउनेछन्,’उनले भन
Posted inSamachar
स्वास्थ्य लाभपछि काममा फर्किए कमेडियन मेक्सन गौडेल

