नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार बस्दै छ। बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए।उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत रूपमा छलफल हुनेछ। यसैगरी बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
Posted inSamachar
प्रदेश सरकार ढलपल भएका बेला एमाले बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

