मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भए बमोजिम डिल्ली बजार कारागार लगिएको छ। आज बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको थियो। रौतहटको गढीमाई नगरपालिका-४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन पहिले बानेश्वरबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। ती युवतीले २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करण
Posted inSamachar
मधेसका पूर्वप्रमुख अहिराजलाई लगियो डिल्लीबजार कारागार

