नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेको छ।बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गरेको हो।श्रेष्ठलाई अध्यक्ष पदसँगै साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको पार्टी अनुशासन समितिका संयोजक रामलाल डंगौरा थारूले जानकारी दिए। अनुशासन समितिले पेस गरेको प्रस्तावलाई भेलाले बहुमतका साथ पारित गरेको संयोजक थारुले बताए। ‘बहुमत सदस्यको निर्णयअनुसार अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण मागिएको थियो,’ संयोजक थारूले भने,
Posted inSamachar
रञ्जिता श्रेष्ठ नाउपाबाट निष्कासित, नयाँ अध्यक्ष भोलि चयन हुने

