नागरिक उन्मुक्ति पार्टीको संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ। बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो। अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुन्। बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए। अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्।
Posted inSamachar
रेशमले श्रीमतीलाई बर्खास्त गरेर बावुलाई बनाए नाउपाको अध्यक्ष

