धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएका मोरङ, बेलबारी-११, लक्ष्मीमार्गका २५ वर्षीय मनोज न्यौपाने र विराटनगर निवासी २९ वर्षीय सुजन ढकालको शव बिहीबार बिहान मोरङ ल्याएर अन्त्येष्टि गरिएको छ।साउन ११ गते नुहाउने क्रममा उनीहरू दुवै कुण्डमा डुबेका थिए।खोजी कार्यमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको श्रीनाथ गणको संयुक्त टोलीले साउन १२ गते उनीहरूका शव निकालेकाे थियाे।उद्धार गरेको टाेलीले उनीहरूको शव चन्दनबारी गुम्बासम्म स्ट्रेचरमार्फत ल्याएको थियो
Posted inSamachar
गोसाइँकुण्डमा डुबेर मृत्युु भएका मोरङका दाजुभाइको बुढीगंगा घाटमा अन्त्येष्टि

