अध्यागमन विभागका नयाँ महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा जाने नेपाली श्रमिकका लागि विभागले नियमन गर्न यसअघि विभिन्न समयमा जारी गरेका मापदण्ड र निर्देशन खारेज गर्नु पर्ने प्रस्ताव गरेका छन्। आइतबार विभागमा पत्रकार सम्मेलन गर्दै उनले यसअघि जारी भएका मापदण्ड र निर्देशनले भिजिट भिसामा देखिएका समस्या समाधान गर्ने भन्दा पनि जटिल बनाउने बताए। विभागको महानिर्देशकका रुपमा जिम्मेवारी सम्हालेको ८ औँ दिनमा आफ्ना योजना सार्वजनिक गर्दै उनले भिजिट भिसामा जानेलाई सहज र सरल बनाउने बताए।
Posted inSamachar
अध्यागमनका यसअघिका मापदण्ड र निर्देशिका खारेज गर्न महानिर्देशक तिवारीको प्रस्ताव

