नेपाल बार एसोसियसनले न्याय परिषद् नियमावली, २०७४ को प्रथम संशोधन खारेज गर्न माग गरेको छ। बारले उक्त संशोधनले न्यायाधीश नियुक्ति प्रक्रियामा विभेद गरेको र संविधानविपरीत रहेको दाबी गरेको छ।बार न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष हुन न्यायाधीश नियुक्ति प्रक्रिया स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिँदै, पद रिक्त हुनुभन्दा एक महिनाअगावै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधानलाई परिषद्ले आफ्नो रुचिअनुसार प्रयोग गरेको आरोप लगाएको छ। बारले संविधानको पालना गर्न न्याय परिषद्को ध्यानाकर्षण गराएको छ। &nb
Posted inSamachar
न्यायाधीश नियुक्तिअघि संशोधित नियमावली खारेज गर्न नेपाल बारको माग

