उदयपुरको उदयपुरगढी गाउँपालिका-७ मा पर्ने मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई-७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए। दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका
Posted inSamachar
ट्रक पल्टिँदा सडकमा हिँड्दै गरेका गोठालाको मृत्यु, सहचालक घाइते

