सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ ५५ वटा आयोजना सम्पन्न गरेको छ। कार्यालयले जिल्लाका विभिन्न ठाउँमा गुम्बा, मठमन्दिर, विद्यालय भवन, आमा समूह भवन, खेलमैदानलगायत पूर्वाधार निर्माण गरेको हो। पुँजीगततर्फ रु तीन करोड ८१ लाख ५० हजार बजेट विनियोजन भएकामा रु तीन करोड १३ लाख २५ हजार ५८४ खर्च भएको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिए। उनका अनुसार भानु नगरपालिका–११ स्थित मानेचौका छेदेन कर्मा छेलिङ गुम्बा निर्माण तथा संरक्षणका लागि रु पाँच लाख बजेट वि
Posted inSamachar
सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न

