कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ।बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँचजना बन्दी घाइते भएका छन्।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा गर्ने क्रममा विवाद हुँदा झडप भएको हो। बन्दी सामान्य घाइते छन्।
Posted inSamachar
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँचजना घाइते

