पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएको छ। शुक्रबार साँझ पौने ६ बजेतिर ईश्वपुर नगरपालिका- ४ स्थित दोस्रो लच्का नजिकै जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउँदै गरेको ग १ ख ९४९४ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइतेहरुको सर्लाही, महोत्तरी र धनुषाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। तिव्र गतिको कारण बस पल्टिए
Posted inSamachar
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते

