गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अली लाम्चो बनाइएको भातमा अड्याइएको छ। छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका छन्। त्यही पातलाई नाङ्लो वा किस्तीमाथि राखेर रक्षाबन्धन धागो र सिन्दुरसमेत त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर यहाँका किसान खेतमा पुगेका छन्। सुन्दा पनि कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात। तर भक्तपुरका नेवार समुदायका किसानले सयौँ वर्षदेखि यो परम्परालाई जीवित
Posted inSamachar
प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

