‘झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन। अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ’, शङ्खमूलस्थित शुभद्रा भट्टराईले भनिन्। शङ्खमूलस्थित वडा नम्बर ३१ को सडकको बिजोग देखेर उनी दिक्दार छिन्। यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१ ले धमाधम सडक खनेको थियो। तर त्यसको व्यवस्थापन भएन, जसले गर्दा सडकछेउका नागरिक र यही बाटो भएर आउनेलाई निकै सास्ती भएको छ। ‘घर आउने यो बाटोको अर्को विकल्प छैन। दिनहुँ हिँड्नै प
Posted inSamachar
शंखमूलको सडक: असारे विकासको कुरुप नमूना

