नेपाल नेत्रज्योति संघ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन्। भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन्। भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अंकीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए। गत वर्ष ८३९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा १५ हजार जनाले सेवा लिएका थिए। अस्पतालमा विशे
Posted inSamachar
भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

