युरोपेली मुलुक माल्टामा एक नेपालीको सडक दुर्घटनामा ज्यान गएको छ।नेपालमा म्याग्दी घर भई हाल पोखरा अर्चलबोट बस्ने ४२ वर्षीय खिमबहादुर पुनको सडक दुर्घटनामा आज स्थानीय समय बिहान साढे ५ बजे मृत्यु भएको हो।रोजगारीको सिलसिलामा ३ वर्षअघि माल्टा आएका उनका श्रीमती, २ छोरी र १ छोरा छन्।फुड डेलिभरीको काम गर्ने खिमलाई कामको सिलसिलामा स्कुटीमा रहेको बेला कारले ठक्कर दिएको छ। कार १७ वर्षीय माल्टिज युवकले चलाएका थिए। दुर्घटनाबाट उनको घटनास्थलमै मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दि
Posted inSamachar
माल्टाको सडक दुर्घटनामा खिमबहादुरले गुमाए ज्यान, महिना दिनमा २ नेपालीको मृत्यु

