अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई निलम्बनमा परेका छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका वीरबहादुर खड्काले स्पष्टीकरण नदिएको भन्दै राईलाई निलम्बन गरेका हुन्। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राई हाल साउदी अरबमा छन्। उनीहरू एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रमका लागि साउदी गएका हुन्। अध्यक्ष विदेशमा गएका कारण खड्काले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। खड्काले लेखेको निलम्बनको पत्रमा ३ दिन भित्र जवाफ दिने गरि स्पष्टीकरण सोधिएकोमा राईबाट हालसम्म कुनै
Posted inSamachar
अध्यक्षसँग साउदी पुगेका एन्फा महासचिव राईलाई कार्यवाहक अध्यक्षले गरे निलम्बन

