नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो
Posted inSamachar
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारको मूल्य बढ्यो

