अहिले (बुधबार राति ७:४८ बजेतिर) बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशअन्तर्गत यतिबेला काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ। मौसम महाशाखाका अनुसार आज राति देशका पहाड क्षेत्रका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ।
Posted inSamachar
अहिले ६ वटा प्रदेशमा परिरहेको छ पानी : मौसम महाशाखा

