आइतबार सकिएको नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीले उल्लेखनीय बुकिङ पाएको छ। ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ताको रुपमा नेपालमा जिली एक्स५ भित्र्याउने एलआरआर मोटर्स प्रालिका अनुसार कुल १८७ गाडीहरु बुक भएका हुन्। म्याक्स र प्रो गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको जिली एक्स५को स्टलमा ठूलो संख्यामा दर्शकहरूको भीड लागेको थियो। अत्याधुनिक प्रविधि, अधिक रेन्ज र आकर्षक डिजाइनका कारण एक्स५ ले भरपर्दो, प्रिमियम र स्टाइलिस ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित पारेको हो। &lsqu
Posted inSamachar
आइतबार सकिएको नाडा शोमा बुकिङ भए १८७ जिली एक्स५, आजैदेखि सुरु भयो डेलिभरी

