सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताएका छन्। आज मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उहाँले तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। मन्त्री घिसिङले पुनर्निर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बताए। 'गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर
Posted inSamachar
आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

