त्यो दिन निर्मला खड्का पसलमै थिइन्। उनी सुर्खेतको धमला चोकनजिकै सानोतिनो पसल गर्छिन्।भदौ २४ गते अपराह्न ४ बजे उनलाई एउटा नयाँ नम्बरबाट फोन आयो। फोनमा अपरिचित आवाजले भन्यो, ‘तपाईंको मान्छेलाई सामान्य चोट छ। अहिले अस्पतालको इमर्जेन्सीमा राखेको छ। अस्पताल आउनू।’उनले आत्तिएर श्रीमानलाई फोन गरिन्। तर, लागेन। उनी झनै आत्तिइन्।अघिल्लो दिन राजधानीमा जेनजी आन्दोलनमा प्रहरीले विद्यार्थीहरूलाई गोलीले भुटेको देखेर उनका श्रीमान् सन्तोष बोहोरा निकै मुर्मुरिएका थिए। सामाजिक सञ्जालमा कलेज ड्रेस
Posted inSamachar
आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोष, धिपधिपे आशा बोकेर ७० दिनदेखि अस्पतालमै

