आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ।यसअनुसार आरम्भ चौतारी लघुवित्तका कार्यरत कर्मचारीहरुलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। आरम्भ चौतारीका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।योसँगै आरम्भमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैंकिङ सेवा प्रयोग गर्ने प्रभु बैंकको विश्वास छ।
Posted inSamachar
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

